Monday, July 13

स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु
समाचार, स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप ९ जना संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेका छन्। मृत्यु हुनेमध्ये काठमाडौँका दुई, ललितपुर र नवलपरासीपूर्वकी एक/एक गरी ४ महिला रहेका छन्। त्यस्तै ललितपुरका २, चितवन, तेह्रथुम र सुनसरीका एक/एक जना पुरुषको पनि संक्रमणबाट ज्यान गएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ।...
आज १ हजार ५५१ जनामा संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

आज १ हजार ५५१ जनामा संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा । आज देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ९ हजार ११८ र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन् । यस्तै आज ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १०१७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३४० जना कोरोना संक्रमणमुक्त भएका छन् । यसँगै देशभर कोरोना निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।...
अध्यक्ष कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द
समाचार, स्वास्थ्य

अध्यक्ष कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द

नेपाल अखबार, सप्तरी । सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुुबै जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको हो । गाउँपालिकाका अध्यक्ष ६० वर्षीय पुरुष र कृषि शाखाका संयोजक ५७ वर्षीय पुरुषमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले अर्को सूचना नभए सम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको बताउनुभयो । स्वास्थ्य कार्यालय सप्तरीले गाउँपालिकाका अध्यक्षसहित उहाँका ४० वर्षीय छोरा, १५ र आठ वर्षीय नाती, ४० वर्षीय चालक तथा कृषि शाखाका संयोजक आइतबार कोरोना सङ्क्रमित भएको जानकारी दिनुभयो ।...
कोरोना महामारीबारे डब्लूएचओले दियो यस्तो चेतावनी
विश्व, स्वास्थ्य

कोरोना महामारीबारे डब्लूएचओले दियो यस्तो चेतावनी

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना महामारी विश्वभर बढ्दो क्रममा रहेकाले सबैले सतर्क रहनुपर्ने चेतावनी दिएको छ। डब्लूएचओका आपतकालीन प्रमुख डा. माइकल रायनले ठूलो संख्यामा मानिस कोरोना संक्रमणको खतरामा पर्ने देखिएको बताएका हुन्। उनले संसार अझै केही समय निकै गाह्रो अवस्थाबाट गुज्रिने चेतावनी दिएका छन्। सोमबार उनले दिएको जानकारीअनुसार विश्वको कूल जनसंख्याको १० प्रतिशत मानिस कोरोनाबाट संक्रमित भइसकेका छन्। विश्वमा १० जना बराबर १ जना संक्रमित हुने सम्भावना देखिएको उनको भनाइ छ। सतर्कताबाट मात्र धेरैको ज्यान बचाउन सकिने डा. रायनको सुझाव छ। हाल विश्वको जनसंख्या ७ अर्ब ६० करोडभन्दा माथि भएको अनुमान छ। डब्लूएचओका अनुसार त्यसमध्ये अहिले ३.५० करोड मानिस कोरोनाबाट संक्रमित भइसकेका छन्। पछिल्ला दिन दक्षिणपूर्वी एसियामा पनि संक्रमण बढिरहेको डब्लूएचओले जनाएको छ। तर युरोप र पूर्...
निको नहुँदै अस्पतालबाट विदा भए ट्रम्प, छिट्टै चुनाव प्रचार सुरु गर्ने
विश्व, समाचार, स्वास्थ्य

निको नहुँदै अस्पतालबाट विदा भए ट्रम्प, छिट्टै चुनाव प्रचार सुरु गर्ने

नेपाल अखबार, एजेन्सि। कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनसम्म अस्पतालमा बिताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निवासमै फर्किएका छन् । उनको उपचार अब विशेष निगरानीमा ह्वाइटहाउसमै हुने छ । वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरबाट विदा हुँदै गर्दा ट्रम्पले छिट्टै राष्ट्रपति पदको चुनाव प्रचार सुरु गर्ने बताए ।ट्रम्पको उपचारमा संलग्न चिकित्सकका अनुसार उनी पूर्णरुपमा ठीक भइसकेका छैनन् । यद्यपि उनको स्वास्थ्य सुधारोन्मुख रहेको ह्वाइट हाउसका चिकित्सक डा. सिन कोनले बताएका बीबीसीले जनाएको छ । भाइरस जिउँदो नरहेकाले उनीबाट अरुलाई कोरोना सर्ने सम्भावना नरहेको पनि उनले बताए । डिस्चार्ज हुनुअघि ट्वीट गर्दै ट्रम्पले भनेका छन्, ‘छिट्टै चुनाव प्रचार सुरु गर्छु, गलत समाचारले केबल गलत मत सर्भेक्षण देखाउँछ ।’ अमेरिकी राष्ट्रपति चुनाव सुरु हुनुअघि गरिएका मत सर्भेक्षणमा ट्रम्पभन्दा उनका प्रतिस्पर्धी जो बाइडे...
कोरोनाबाट वृद्धको मृत्यु
समाचार, स्वास्थ्य

कोरोनाबाट वृद्धको मृत्यु

नेपालअखबार, चितवन। चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीया वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए । उनलाई उपचारका क्रममा असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएसँंगै उनलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । रासस...
दमक नगरप्रमुखलाई कोरोना पुष्टि
प्रदेश १, समाचार, स्वास्थ्य

दमक नगरप्रमुखलाई कोरोना पुष्टि

नेपाल अखबार,झापा। झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई सङ्क्रमण पुष्टि भएको हो । उनकी पत्नी लीला ओली र छोरा अनिल ओलीलाई समेत कोरोना पोजेटिभ देखिएको छ । मेयर ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए । नगरप्रमुखसहित एक वडाध्यक्षलाई सङ्क्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ । रासस...
पछिल्लो २४ घण्टामा कोरोनाभाइसबाट थप १९ जनाको मृत्यु
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोनाभाइसबाट थप १९ जनाको मृत्यु

नेपाल अखबार,पाेखरा । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाभाइसबाट थप १९ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ५५४ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङकम स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ११३३ जना निको भएसँगै देशभर कोरोना निको हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ । हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या भने ८९,२६३ पुगेको छ। यस्तै आज १३,७८१ जनाको पीसीआर भएको छ।...
पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङकम स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ११३३ जना निको भएसँगै देशभर कोरोना निको हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ ।...
कोरोनाका कारण हालसम्म विश्वभर १० लाख ४१ हजार भन्दा बढीको मृत्यु
विश्व, स्वास्थ्य

कोरोनाका कारण हालसम्म विश्वभर १० लाख ४१ हजार भन्दा बढीको मृत्यु

नेपाल अखबार, एजेन्सि। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सोमबारसम्म १० लाख ४१ हजार ८९३ जना पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५४ लाख ६ हजार भन्दा बढी पुगेको छ। कूल सङ्क्रमितमध्ये दुई करोड ६६ लाख ३१ हजार भन्दा बढी हजार निको छन् भने करिब ७७ लाख ३३ हजार मानिस सक्रिय सङ्क्रमित छन्। विश्वभर अझै पनि ६६ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ। पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७६ लाख ३६ नाघिसकेको छ।कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १४ हजार ६११ जनाको मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस स...