भारतमा एकैदिन १०४३ को मृत्युः भेटिए ८३,८८३ संक्रमित
नेपाल अखबार, एजेन्सि। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा बिहिबार जारी गरेको हेल्थ बुलेटिनका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका ८३ हजार ८ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोरोनाको कूल संक्रमितको संख्या ३८ लाख नाघेको छ ।
यो एकैदिन भेटिएका नयाँ संक्रमितमा देखिएको रेकर्ड स्तरको वृद्धि हो ।
साथै, बुलेटिनका अनुसार यहाँ पछिल्लो २४ घण्टामा १ हजार ४३ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ जसका कारण भारतमा यो महामारीका कारण ज्यान गुमाउनेको संख्या ६७ हजार ३ सय ७६ रहेको छ ।
मन्त्रालयका अनुसार कूल ३८ लाख संक्रमितमध्ये करिब ८ लाख १५ हजार सक्रिय संक्रमित छन् ।
यस्तै लगभग ३० लाख मानिसहरु संक्रमणपछि पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् ।
महाराष्ट्रमा हाल सर्वाधिक दुई लाख दुई हजार कोरोनाका सक्रिय बिरामी छन् ।
बुधबार स्वास्थ्य मन्त्रालयले भारतमा कोभिडका कारण हुने मृत्युदर निकै कम भएको ...
