जिल्ला अस्पताल: डा. अमिताभ ठाकुरको नेतृत्वमा स्वास्थ्य सेवामा ठूलो सुधार
नेपालअखबार,सुनसरी । डा. अमिताभ ठाकुर मेडिकल सुपरिटेन्डेन्टका रूपमा जिल्ला अस्पताल सुनसरी इनरुवाको कार्यकालले अस्पतालको विकास र सुधारमा महत्वपूर्ण योगदान पुर्याएको छ। डा. ठाकुरको नेतृत्वमा अस्पतालमा स्वास्थ्य सेवामा उल्लेखनीय सुधार भएको छ ।
अस्पतालको सुधार र सेवाले स्थानीय समुदायका नागरिकलाई प्रभावकारी उपचार सेवा प्रदान गर्दै आएको छ । डा. अमिताभ ठाकुरको नेतृत्वमा अस्पतालले स्त्री तथा प्रसूति रोग विशेषज्ञ, बालरोग, सामान्य शल्यक्रिया, दन्त रोग, कान तथा आँखा रोग र अन्य सेवा विस्तार गरेका छन्।
अस्पतालमा विभिन्न किसिमका सेवाले स्थानीय नागरिकलाई शहरको ठूलो अस्पतालमा जाने आवश्यकता बिना नै जिल्लामै उच्च गुणस्तरीय उपचार सेवा प्राप्त गर्न सहयोग पुर्याएको छ।
अस्पतालको सुविधाहरूमा थपिएको इको र इन्डोस्कोपी जस्ता अत्याधुनिक प्रविधिहरूले पनि उपचार प्रक्रियामा ठूलो परिवर्तन ल्याएको छ। यिनै सेवाह...










