Sunday, September 21

हाइलाइट-समाचार

मुग्लिन-नारायणगढ सडकखण्ड पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ
समाचार, समाज, हाइलाइट-समाचार

मुग्लिन-नारायणगढ सडकखण्ड पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ

नेपालअखबार,चितवन । झण्डैं ३८ घण्टादेखि बन्द रहेको मुग्लिन नारायणगढ सडकखण्ड खुलाउने प्रयास जारी छ । मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झरिरहेको कारणले खुलाउन समस्या भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान ६ बजेदेखि नै पहिरो पन्छाउने काम जारी छ । कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार सुख्खा पहिरो झर्ने क्रम रोकिए आज दिउँसो ३ बजेदेखि सडक खुलाउन सकिन्छ । अहिले मुग्लिनतर्फबाट २ वटा र नारायणगढतर्फबाट २ वटा मेसिनको प्रयोग गरेर पहिरो हटाउने काम भैरहेको छ । थप मेसिन लगाउन मिल्ने ठाँउ नभएकोले ४ वटा मेसिनमार्फत नै पहिरो पन्छाउने काम भैरहेको छ । इन्जिनियर आचार्यका अनुसार अहिले पनि सडकमा ३५ मिटर डिपोजिट पहिरो सडकमा छ । त्यसलाई सहज रुपमा हटाउन सके दिउँसोसम्म सडक खुलाउन सकिने उनले जानकारी दिए । ‘पहिरो बेलाबखत झरेको छ, जोखि...
गाजा सहरमा आक्रमण जारी, बालबालिका र महिला संकटमा
राजनीति, विश्व, समाचार, समाज, हाइलाइट-समाचार

गाजा सहरमा आक्रमण जारी, बालबालिका र महिला संकटमा

नेपालअखबार, काठमाडौँ । गाजा सहरमा जारी आक्रमणका कारण हजारौँ नागरिकहरू आफ्नो ज्यान जोगाउन विभिन्न उपायबाट सुरक्षित स्थानतर्फ जाँदै गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालय (ओछा) का अनुसार, यतिबेला गाजामा भइरहेका स्थल र हवाई आक्रमणका कारण धेरैजसो नागरिक गम्भीर संकटमा परेका छन् । बालबालिका, वृद्ध, महिला लगायत सबैले कठिन परिस्थितिको सामना गरिरहेका छन् । ओछाले दिएको जानकारीअनुसार आक्रमणसँगै गाजाको दक्षिण भागतर्फ विस्थापित हुने नागरिकहरूको संख्या तीव्र रूपमा बढिरहेको छ । धेरैजसो मानिसहरू गाडी, टेम्पो, साइकल र पैदल नै यात्रा गर्दै सुरक्षित ठाउँ खोजिरहेका छन् । यस्ता यात्रामा उनीहरूलाई न त पिउने पानी,न त खानपिनको व्यवस्था, न त ओत लाग्ने ठाउँ उपलब्ध छ । ‘हामीका सहकर्मीहरूले रातभरि हिंडेर आइपुगेका थकित, भोकाएका र पीडामा परेका नागरिकहरू देखेका...
इसराइलले जमिन र आकाशबाट आक्रमण तीव्र पारेपछि प्यालेस्टिनीहरूले छाड्न थाले घर
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

इसराइलले जमिन र आकाशबाट आक्रमण तीव्र पारेपछि प्यालेस्टिनीहरूले छाड्न थाले घर

नेपालअखबार,काठमाडौं । गजामा इसराइलले जमिन र आकाशबाट आक्रमण तीव्र पारेपछि त्यहाँबाट मानिसहरू भाग्न थालेका छन्। विश्वका अधिकांश देशहरूको विरोधका बाबजुद इसराइलको मन्त्रिपरिषद्ले गजामा जमिन र आकाशबाट आक्रमण तीव्र पार्ने र हमासलाई सधैँका लागि अन्त्य गर्ने निर्णय गरेको थियो। इसराइली रक्षामन्त्री इसराइल कात्जले गजा जलिरहेको भनेका छन्। सुरूवातमा गजाका बासिन्दाहरू इसराइलले बम हानिरहेपनि आफ्नो थातथलो छाडेर कतै नजाने बताउँदै आएका थिए। तर इसराइली सेनाले जमिन र आकाशबाट अन्धाधुन्ध आक्रमण गर्न थालेपछि मानिसहरू गजा सहर छाडेर भाग्न थालेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। कतारी टेलिभिजन नेटवर्क अलजजिराका अनुसार इसराइली हमलाबाट आइतबार मात्रै गजामा ९१ जनाको मृत्यु भएको छ। इसराइली सेनाले लगातार मानिसहरूलाई गजा छाड्न आह्वान गर्दै आइरहेको छ। पछिल्लो साता गजाका ठुल्ठूला आवास...
गाजा सहरमा इजरायली स्थल आक्रमण, प्यालेस्टिनीहरूको पलायन जारी
राजनीति, विश्व, समाचार, समाज, हाइलाइट-समाचार

गाजा सहरमा इजरायली स्थल आक्रमण, प्यालेस्टिनीहरूको पलायन जारी

नेपालअखबार, गाजा । इजरायलले गाजा सहरलाई कब्जा गर्ने उद्देश्यले ठुलो स्थल आक्रमण सुरु गरेपछि हजारौँ प्यालेस्टिनीहरू सहर छोड्न बाध्य भएका छन्। इजरायली सेनाले गाजा सहरको 'हमासको अन्तिम गढ’ मानिने क्षेत्रमा ३ हजार हमास लडाकुलाई परास्त गर्ने र आफ्ना बन्धकहरूलाई मुक्त गर्ने लक्ष्य राखेको बताएको छ। रातभरको भारी बमबारीका बिच हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले तीनवटा अलग–अलग आक्रमणमा बाल अस्पताललाई निशाना बनाइएको बताएको छ। मन्त्रालयका अनुसार यी आक्रमणका कारण अस्पतालका आधा बिरामी र उनीहरूका परिवार भाग्न बाध्य भएका छन्। इजरायली सेनाले भने यस रिपोर्टको अनुसन्धान गरिरहेको जनाएको छ। यसअघि, इजरायली सेनाले दुई दिनमा गाजा सहरमा १५० भन्दा बढी ’आतङ्कवादी लक्ष्यहरू’ मा आक्रमण गरेको घोषणा गरेको थियो। कतारद्वारा कडा निन्दा इजरायलको यस कारबाहीको कतारले कडा निन्दा गरेको छ। कतारको विदेश मन्त...
प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन आठ  राजनीतिक दलहरूले आग्रह
राजनीति, समाचार, हाइलाइट-समाचार

प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन आठ  राजनीतिक दलहरूले आग्रह

नेपालअखबार,काठमाडौँ  । प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन आठ  राजनीतिक दलहरूले आग्रह गरेका छन्। यसअघि संसदमा प्रतिनिधित्व गरेका नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले सामूहिक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिई तत्काल संसद बैठक बोलाउन माग गरेका हुन्। ‘नेपालको संविधान तथा प्रचलित कानुन बमोजिम सुशासनको माग राखेर भएको आन्दोलनको मर्म विपरीत अलोकतान्त्रिक तथा असंवैधानिक ढंगले संसद छलेर सडकबाट सरकार गठन र प्रतिनिधि सभाको विघटन गरिएको छ। लोकतान्त्रिक र कानुनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र कानुन बमोजिम हुनुपर्ने र सबै निकायहरू संविधान र कानुनबमोजिम सञ्चालन हुनुपर्दछ भन्ने कुरामा हाम्रो अटल विश्वास रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।...
सर्लाहीमा एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

सर्लाहीमा एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी

नेपालअखबार,काठमाडौं । प्रदर्शनकारीले सर्लाहीमा नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा आगजनी गरेका छन् । सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । सोमबार जेनजीको प्रदर्शनमा प्रहरी दमन भएको विरोधमा कार्यालयमा आगजनी गरिएको हो । सोमबारको आन्दोलनमा देशैभर १९ जनाको मृत्यु भएको छ भने ४०० बढी घाइते भएका छन् । त्यसको विरोधमा आज देशकै प्राय: सहरमा प्रदर्शन भएको छ ।...
९ देशका दूतावासले भने- ‘परिस्थिति थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोजौं’
राजनीति, समाचार, समाज, हाइलाइट-समाचार

९ देशका दूतावासले भने- ‘परिस्थिति थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोजौं’

नेपालअखबार,काठमाडौँ । अमेरिकासहित ९ देशका दूतावासले नेपालमा  जेन–जी प्रदर्शनमा भएको घटनाबारे संयुक्त विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण तरिकाले समाधान खोज्न आग्रह गरेका छन् । सोमबारको जेन–जी प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएको थियो । सोमबार साँझ ९ मुलुकका दूतवासले एकसाथ विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्ति जारी गर्नेमा अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी र अमेरिकाका नेपालस्थित दूतावासहरू छन् । 'हामी शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्छौं । हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थिति थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्छौं,' विज्ञप्तिमा भनिएको छ। दूतावासहरूले सोमबार भएको घटनाबारे दु:ख पनि व्यक्त ग...
जेन-जी छिरे  संसद् भवनभित्र
समाचार, समाज, हाइलाइट-समाचार

जेन-जी छिरे संसद् भवनभित्र

नेपालअखबार, काठमाडौँ । भष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् । प्रदर्शनमा उत्रिएका जेनजीहरुले निषेधित क्षेत्रको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढेका थिए ।  उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।...
सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा जेन-जी
समाचार, समाज, हाइलाइट-समाचार

सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा जेन-जी

नेपालअखबार,काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) हरूले माइतीघरमण्डलामा प्रदर्शन गरिरहेका छन् । स्वत:स्फुर्त रूपमा माइतीघरमण्डलामा भेला भएका उनीहरूले विभिन्न नाराका साथ प्रदर्शन गरिरहेका छन्। ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरिरहेका छन् ।विभिन्न नारा लेखेका प्लेकार्डसँगै बोकेर प्रदर्शन गर्नुका साथै उनीहरूले यस क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् । आजको ...
नक्कली बिहे गराई ठगी गरेको आरोपमा दुईजना पक्राउ
समाचार, समाज, हाइलाइट-समाचार

नक्कली बिहे गराई ठगी गरेको आरोपमा दुईजना पक्राउ

नेपालअखबार,काठमाडौँ । नक्कली बिहे गराएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेख घर भई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० का ४० वर्षीय गोपालकुमार विक र अछामको तुर्माखाद गाउँपालिका- ३ घर भई हाल वीरेन्द्रनगर बस्दै आएकी ३८ वर्षीया भविसरा रास्कोटी मगर छन्। उनीहरू नक्कली बाबु-आमा बनेर बिहे गराएको र गहना लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनीहरूले एउटै युवतीलाई फरक फरक  मितिमा विभिन्न पुरूषहरूसँग बिबाह गराउने र बिहेपश्चात बेहुलीको नगद र गरगहना लिएर फरार हुने गरेको उजुरी परेको थियो। सोही आधारमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट बेहुलीको कपडा, गरगहना र नगद बरामद गरेको छ। उनीहरूविरूद्ध आपराधिक लाभ तथा ठगी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...