इसराइली हमलाबाट लेबननमा एक पत्रकारको मृत्यु
नेपालअखबार,काठमाडौं । युद्धविरामबीच इसराइलले लेबननमा हमला गरेको छ।
इसराइल र लेबननको सीमाना अल तायरी क्षेत्रमा रिपोर्टिङ गरिरहेकी पत्रकार ४३ वर्षीया अमल खलिल मारिएकी हुन्। उनीसँगै रिपोर्टिङमा रहेका फोटो पत्रकार जैनब फराज घाइते भएकी छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार घटनाक्रम कभर गरिरहेको बेला उनीहरू सवार गाडीको अगाडि रहेको अर्को सवारी साधनमा हमला भएको थियो।
त्यसपछि उनीहरूको गाडीबाट झरेर नजिकैको घरमा आश्रय लिन पुगेका थिए। तर अर्को हमला सोही घरमै भएपछि खलिल मारिएकी हुन्।
घटनापछि उद्धार टोली पुग्ने प्रयास समेत भएको थियो। तर आक्रमण जारी राखेर अवरोध गरिएको आरोप पनि लगाइएको छ।
लेबननका पत्रकार संघकी प्रमुख एल्सी मौफार्रेज र सैन्य अधिकारीका अनुसार उद्धारकर्मीलाई रोक्न ध्वनि ग्रेनेड प्रहार गरिएको थियो। जसका कारण तत्काल उद्धार सम्भव हुन सकेन। करिब सात घन्टापछि मात्रै ख...










