Sunday, September 13

मुक्ति संगठनको राष्ट्रिय सम्मेलन भदौमा

नेपालअखबार, काठमाण्डौ । नेपाल दलित मुक्ति संगठन छैटौँ राष्ट्रिय सम्मेलन भदौमा हुने भएको छ ।
नेकपा ( एकीकृत समाजवादी ) केन्द्रीय कार्यालयमा बसेको संगठनको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन ०८० भदौ २३ र २४ गते काठमाण्डौमा गर्ने निर्णय गरेको हो ।

Advertisement

नेकपा एकीकृत समाजवादी का कार्यवाहक अध्यक्ष प्रमेश हमाल को प्रमुख आतिथ्यता तथा पार्टी उपमहासचिव तथा मोर्चा सङ्गठन प्रमुख  विजय पौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न बैठकले जेठ १५ देखि  भदौ १५ गतेसम्म तीन महिने सङ्गठन सुदृढीकरण तथा परिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेकोछ ।

Advertisement
Advertisement

दलित मुक्ति सङ्गठनका अध्यक्ष गणेश बिकको अध्यक्षतामा सम्पन्न बैठकले  लुम्बिनी प्रदेशको उपाध्यक्ष तथा इन्चार्जमा  मिना परियार, उपमहासचिवमा सचिवमा सुधीरमान बिक, एलवि परियार र रुद्र किसान, सचिवमा  नेत्र नेपाली, बृजलाल पासवान, कर्ण विश्वकर्मा, रनसिंह नेपाली, रामकृष्ण बिक, बिनोद नेपाली, सुरज परियार, मनकुमारी सुनार र कोषाध्यक्षमा प्रेम विश्वकर्मालाई जिम्मेवारी प्रदान गरेको सङ्गठनका  बसन्त बिकले बताउनुभयो ।

Advertisement