Friday, July 3

राप्तीमा माछा मार्न गएका युवकको बाघको आक्रमणबाट मृत्यु

नेपालअखबार, चितवन। चितवनमा बाघको आक्रमणबाट राप्तीमा माछा मार्न गएका एक युवकको मृत्यु भएको छ।

Advertisement

सोमबार दिउँसो सवा ३ बजेतिर बाघको आक्रमणबाट भरतपुर महानगरपालिका-२८ कोटेनी बस्ने २६ वर्षीय आशबहादुर बोटेको मृत्यु भएको हो।

Advertisement
Advertisement

चितवन राष्ट्रिय निकुञ्जभित्र  पर्ने राप्ती नदीमा बोटेलाई बाघले आक्रमण गरेको थियो।

Advertisement

बोटेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।