Monday, July 27

पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय

नेपालअखबार, काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गरिएको बताएका छन्।

Advertisement

आइतबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आसन्न चाडबाड र उपभोक्ता हितलाई ध्यान दिँदै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गरिएको जानकारी गराएका हुन्।

Advertisement
Advertisement

नेपाल आयल निगमले शनिबार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो। चाडबाडको मुखमा मूल्यवृद्धि भएको भन्दै सरकारको विरोध भएको थियो।

Advertisement

आइतबार बसेको मन्त्रिपरिषद बैठकमा पनि यसबारे छलफल भएको थियो। प्रधानमन्त्री दाहालले निगमलाई मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएर फिर्ता भइसकेको जानकारी गराएका छन्।