Monday, July 27

पत्रकार महासंघका अध्यक्ष वपोख्रेलले दिए राजीनामा

नेपालअखबार, काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएका छन्।

Advertisement

उनले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा पत्र बुझाएका हुन्।

Advertisement
Advertisement

उनले विष्टलाई नै कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत दिएका छन्।

Advertisement

पत्रकार महासंघको अधिवेशन दुई पटकसम्म हुन नसकेर तेस्रो पटक मिति तोकिएको छ। मिति तोकेको एक सातासम्म पनि कार्यतालिका ल्याउन नसकिएको उनको भनाइ छ।

साथै सदस्यता विवाद समाधान गरी त्यसमा स्वीकार्यता स्थापित गरी प्रक्रियागत रूपमा अगाडि बढाउन बोलाएको बैठकमा केही पदाधिकारी र सदस्यहरू बैठक नसकिँदै बाहिरिनु र उपस्थितिमा हस्ताक्षर नगर्नेजस्ता समस्या देखिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्। यस्तो अवस्थामा निर्वाचन गराउन नसकिने उल्लेख गर्दै उनले पदबाट राजीनामा दिएका हुन्।