Tuesday, July 28

इसराइलको आक्रमणमा मारिए हिजबुल्लाहका शीर्ष कमाण्डर

नेपालअखबार, काठमाडौं । इसराइलको हवाई आक्रमणमा परी हिजबुल्लाहका शीर्ष कमाण्डर मारिएका छन्।

Advertisement

मंगलबार दक्षिणी बेरूतमा इसराइलले गरेको हवाई हमलामा परी हिजबुल्लाहका शीर्ष कमाण्डर इब्राहिम कुबैसीको मृत्यु भएको हो।

Advertisement
Advertisement

उनी हिजबुल्लाहको मिसाइल तथा रकेट युनिटका शीर्ष कमान्डर रहेको अमेरिकी अखबार सिएनएनले उल्लेख गरेको छ।

Advertisement

इसराइली डिफेन्स फोर्सले कुबैसीसहित थप दुई जना कमाण्डर मारिएको दाबी गरेको छ। हिजबुल्लाहले भने कुबैसी मारिएको पुष्टी गरेपनि थप दुई जनाबारे खुलाएको छैन।

इसराइलले यसअघि शुक्रबारको आक्रमणमा हिजबुल्लाहका कमाण्डर इब्राहिम अकिल र अहमद वाहबी मारिएका थिए।

गत शुक्रबारदेखि हिजबुल्लाहविरूद्ध प्रत्यक्ष आक्रमणमा उत्रिएको इसराइलले त्यसयता लगातार आक्रमण गर्दै आइरहेको छ।

सोमबार एकैदिन ४९२ जना मारिएका थिए।

इसराइलको आक्रमणमा अहिलेसम्म हिजबुल्लाहका कति लडाकु मारिए भन्ने सार्वजनिक भएको छैन।