Saturday, November 1

सांसदका स्वकीयहरूको मापदण्ड तोक्न माग गर्दै सर्वोच्चमा रिट

नेपालअखबार,काठमाडौं । संघीय संसदका पदाधिकारीहरूको सचिवालयमा रहने कर्मचारीहरूको स्तरअनुसार योग्यताको मापदण्ड तोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

Advertisement

अधिवक्ता माधवराज शर्मा पोखरेलले संघीय संसदका पदाधिकारीहरूले योग्यता विनाका व्यक्तिहरूलाई आफ्नो सचिवालयमा नियुक्ति गरेको भन्दै मापदण्ड तोक्न माग गरेका हुन् ।

Advertisement

उनले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ मा यो विषय समावेश गर्न माग गरेका छन् ।