Tuesday, April 21

९६ औं जन्मोत्सवको अवसरमा कोइराला फाउण्डेशन पर्साले पत्रकारलाई सम्मान

नेपाल अखबार, वीरगंज  ।गिरिजाप्रसाद कोइराला फाउन्डेसन पर्साले गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्रि एवम नेपाली काग्रेसका पुर्व सभापतिको ९६ औंं जन्मोत्सवको अवसरमा फाउण्डेशन पर्साले आज दुई पत्रकारलाई जनही नगद २१ हजार रुपैयाँ सहित सम्मान गरेको छ ।
नेपाल पत्रकार महासघको सभाहलमा आयोजित कार्यक्रममा पत्रकार कन्हैयालाल केसरी र सञ्चार क्षेत्रमा उदयमान युवा पत्रकार निलिमा पौडेललाई पुरस्कार प्रदान गरिएको छ । गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जन्यती मनाउने तीन दिवसीय कार्यक्रम अन्तर्गत शनिबार तेस्रो दिन पत्रकारिताको माध्यमबाट नेपालमा गण्तन्त्रका लागि कलम चलाएर विशेष योगदान दिएको भन्दै पत्रकार द्वयलाई सम्मान गरिएको हो ।

जी.पी कोइराला फाउन्डेसन पर्साका अध्यक्ष महम्मद शहाबुद्दिनले यस वर्षबाट पत्रकार सम्मान कार्यक्रम सुरु गरेको बताए । गण्तन्त्र नेपालको परिवेशमा सञ्चार क्षेत्रको ठुलो योग्दान रहेको अध्यक्ष सहाबुदिनको जिकिर गरेका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरासियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चौरासियाले नेपालको राजनीतिक परिवर्तनमा गिरिजा प्रसाद कोईरालाले ठूलो योगदान पुर्याएको चर्चा गरे ।

प्रदेश सभा सदस्य ओमप्रकाश शर्माले अहिले प्रदेश २ सरकारका मन्त्रीहरूले जनताको भावना भन्दा पनि आफ्नो कार्यकर्ता पाल्ने बजेट ल्याएको आरोप लगाए ।

मोहम्मद सहाबुदिनको अध्यक्षतामा सम्पन्न भएको र्कायक्रममा प्रमुख अतिथि नेपाली काग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, प्रदेश सभा सदस्य ओम प्रकास शर्मा,नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान,पत्रकार महा संघ पर्साका अध्यक्ष श्याम बञ्जारा,प्रेस युनियनका अध्यक्ष राम नारायण कुर्मी,प्रेस संगठन पर्साका सयोजक नीरज पिठाकोटे मगर, प्रध्यापक हरेराम ठाकुर, प्राध्यापक रुदल ठाकुर,नेपाली कांग्रेसका नेता रामरुप कुमी,फाउण्डेशनका सचिव धिरज कुमार गुप्ता, सह सचिव मिंँटुदेवि सिह,ंकोषाध्यक्ष मनोहर साह, ईकाई कमिटिका अध्यक्ष संदिप कुमार केवट लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *