Friday, July 10

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

नेपालअखबार, काठमाडौँ । प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ ।

Advertisement

सभाको मंगलबार बसेको बैठकले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेसँगै  सभामुख देवराज घिमिरेले बैठक जेठ १३ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

Advertisement
Advertisement

विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा ४८ सांसदले भाग लिएका थिए । सांसदहरूले सैद्धान्तिक छलफलमा उठाएका विषयवस्तुबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जवाफ दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो ।

Advertisement

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद –९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहे पनि अन्तिम समयमा स्थगित गरिएको थियो ।

बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ प्रस्तुत गरेका थिए ।