Friday, July 10

मन्त्रिपरिषद बैठक सुरू भयो

नेपालअखबार, काठमाडौँ । मन्त्रिपरिषदको बैठक मंगलबार साँझ बालुवाटारमा सुरू भएको छ। केही बेरअघि सुरू भएको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना छ।

Advertisement

आजै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिको बैठक पनि बसेको थियो। बैठकले तीन जनाको नाम सिफारिस गरेको छ।

Advertisement
Advertisement

पहिलो नम्बरमा अर्थविद् विश्व पौडेल छन्। दोस्रो नम्बरमा डा. कायममुकाय गभर्नर नीलम ढुंगानामाको नाम रहेको छ।

Advertisement

आजै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई अर्थमन्त्री बनाउनेबारे छलफल भएको थियो।

कांग्रेसले यसअघि नै पौडेलको नाम दिएको भए पनि गभर्नर नियुक्तिको प्रक्रिया अघि बढेको थिएन।

महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिएयता राष्ट्र बैंकमा गभर्नर रिक्त छ।