Sunday, May 24

एक वर्षमा थाइल्याण्डबाट २ सय किलो गाँजा आयो

नेपालअखबार,काठमाडौं। पछिल्लो समय थाइल्याण्डबाट नेपाललाई ट्रान्जिट बनाउँदै लागु औषध गाँजा तस्करी हुने गरेको पाइएको छ ।

लागु औषध नियन्त्रण ब्यूरोको तथ्यांकअनुसार पछिल्लो एक आर्थिक वर्षमा थाइल्याण्डबाट आएको २०७ किलो गाँजा बरामद भएको छ । यसरी थाइल्याण्डबाट नेपाल भित्रिएर उक्त गाँजा भारत जाने गरेको ब्यूरोले बताएको छ ।

Advertisement

थाइल्याण्डको गाँजा उच्च गुणस्तरको भएकाले तस्करी हुने गरेको ब्यूरोका अधिकारीहरु बताउँछन् ।

त्यसैगरी पछिल्लो एक आर्थिक वर्षमा ब्यूरोले लागु औषध कोकिन १८ किलो ९१९ ग्राम बरामद भएको छ । हेराइन २५ किलो २३७ ग्राम, अफिम २८ किलो एम्फेटामाइन २७२ ग्राम बरामद गरेको छ ।ब्यूरोले आर्थिक वर्ष २०८१/८२ मा लागु औषधका १ हजार १३२ मुद्दा चलाएको छ । यो आर्थिक वर्षमा १ हजार ६७५ जना पक्राउ परेको ब्यूरोले बताएको छ ।