Sunday, April 19

भारतको १० दिने अध्ययन भ्रमण पश्चात संसदीय टोली स्वदेश फिर्ता

नेपालअखबार,काठमाडौं। भारतको १० दिने अध्ययन भ्रमण पश्चात संसदीय टोली स्वदेश फिर्ता आएको माननीय अब्दुल खानले जान्कारी दिनु भयो । गत साउन १० गते  नेपालबाट ८,राजनितिक दलका प्रतिनिधि सभाको १४ जना माननिय सदस्यहरुको अध्ययन भ्रमण टोली काठमाडौंको त्रीभूवन अन्तराष्ट्रिय विमास्थलबाट नयां दिल्ली स्थिति ईन्द्रागान्धि अन्तराष्ट्रिय विमान स्थलमा अवतरणभई भारतको दिल्ली र गुजरात राज्यमा विभिन्न राजनितिक,उद्दोगिक र धार्मिक अध्ययन  अवलोकन गरेकाे थियो। भारत सरकारको  निमन्त्रणमा उत्त भ्रमणले नेपाल भारत बिच सुमधुर संबन्ध विस्तार हुने विश्वास माननीय खानले व्यक्त गर्नु भएको छ । दुइ देशबिचको यो राजनैतिक भेट्को क्रममा भारत सरकारका विष्ट श्रेणिका व्यत्तित्व तथा राजनैतिक व्यत्तित्वहरुसंग छलफल संवाद सम्पन्न गरिएको थियो ।May be an image of 14 people and text
माननीय खानले  भारतिय सुरक्षा प्रणालीको प्रत्यक्ष अनुभव सहितको विषयवस्तुको अध्ययन गरेकाे बताउनु भयाे ।
भ्रमण  टाेलीले भारतको एतिहासिक अक्षर धामको दर्शन एवम अवलोकन( हाइ टेक्नो लोजी र मौलिक तथा एतिहासिक जानकारीहरुको महत्वपुर्ण अध्ययन तथा कलाकौशलको प्रखर नमुनाको अवलोकन   गरेकाे थियाे । माननीय खानले  विबेकानन्द अन्तराष्ट्रिय अध्ययन केन्द्रमा भारतको हाईलेभलको टिपलोमेटहरुसंग नेपालको राजनितिक विषयवस्तु तथा समाधानको विषयमा छलफल साथै  बर्दिया लगायत विभिन्न स्थानहरुमा सिमा नाका खुलागरिने,नेपालगंज ,दिल्ली सिधा हवाइउडान सुरु गरिने,१९५० सन्धी कार्यान्वयनगरिने,पानीको समस्या समाधान गर्न साझा धारणा राख्नु पर्ने बताउनु भयाे । May be an image of 12 people, dais and text
 भारतिय जनता पार्टी (भाजपा)को मुख्यालयमा श्री विजय चौथाइवाले,श्री शिव प्रका ज्यू रसंजय जैसवाल सहितको नेताहरुसंग छलफल तथा भाजपाको संगठन निर्माण,ब्यवस्थापन तथा अन्य विषयमा छलफल गर्नु भएकाे थियाे ।  विभिन्न पार्टीको माननियहरु र FICCI को पदाधिकारीहरुसंग नेपाल भारतको ब्यपारको विषयमा र निकासी पैठारीसंग गंसिएका विभिन्न दृष्टीकोणले छलफल  गरेकाे बताउनु भयाे ।May be an image of 10 people, people studying and table
 अध्ययन भ्रमणको क्रममा विदेश मंत्रालयमा सचिव श्री विक्रम मिश्री सहित कर्माचारीहरुसंग,नेपालको विकास,समृद्धि र चुनौतीहरुको विषयमा छलफल गरियो । सचिव  मिश्रीले मानव जनशक्ती निर्माणमा अहम भूमिकामा काम गर्ने,नेपालको चाहनाअनुसार कार्यगर्न,खेलकुद,उर्जा,शिक्षा,स्वास्थ्य तथा अन्य क्षेत्रमा काम गरिने प्रतिवद्धता जाहिर गर्नुभयो।
माननीय खानले नेपाललाई  सहयोग  गर्दै  आएकाे भारत सरकारलाई धन्यवाद दिदै‌  पुराना समझौताहरुलाई कार्यन्वयन गर्न र दुबै देशको नागरिकलाई हित हुने कार्यगर्न सुझाव दिइनु भएकाे छ ।
भारत सरकार र हिमाचंल सरकारको संयूक्तरुपमा संचालित हाईड्रो क्षेत्रको सबभन्दा ठूलो कम्पनिको ,Regnal office दिल्लीमा सिष्टाचार छलफलगरियो, अरुण तेस्रो सहितको योजनाको कार्यन्वयनको विषयमा छलफल  गरिएकाे थियाे ।May be an image of 7 people and text