Sunday, April 19

नेपाली मुस्लिम समुदायलाई समाचारका नाममा आतंकित पार्ने कार्य नगर्न आम सञ्चारलाई अनुरोध : युवानेता डा.अन्सारी

नेपालअखबार,काठमाडौं । नेपाली मुस्लिम समुदायलाई समाचारका नाममा आतंकित पार्ने कार्य नगर्न आम सञ्चार गृहलाई अनुरोध  डा. अबुल हुसेन अन्सारीले गर्नु भएकाे छ ।  युवा नेता डाक्टर अबुल हुसेन अन्सारी समाज सेवी साथै महाधिवेशन प्रतिनिधि, नेविसंघका पुर्व केन्द्रिय सदस्य हुन । नेपाली मुस्लिम समुदायलाई समाचारका नाममा आतंकित पार्ने कार्य विभिन्न समयमा हुदै आएको छ । मुस्लिम समुदायको शान्ति सुरक्षामा खलल पु¥याउने खाल्का समाचार प्रकाशन गर्ने कार्यको विरोध गर्नु भएको छ ।
न्यूज सोसाइटी प्राइभेट लिमिटेडद्धारा सञ्चालित फर्दाफास डटकमको अङ्ग्रेजी संस्करण इपर्दाफासले  यहि मिति सन् २०२५ जुलाई १७ मा Cross-Border Conversion Racket Busted: Nepal’s Role Under Scanner in Chhangur Baba Terror-Funding Probe शिर्षकका राखि प्रकाशित गरेको थियो ।
. https://english.pardafas.com/cross-border-conversion-racket-busted-nepals-role-under- scanner-in-chhangur-baba-terror-funding-probe / समाचारको लिंककापी समेत  पेश गरि डा.  अन्सारीले मिति २०८२ साउन ११ गते खण्डनसहित उजुरी दर्ता  प्रेस काउन्सिल नेपालमा गर्नु भएको छ ।  जसमा अन्य देशमा घटेका घटनालाई लिएर नेपालमा मुस्लिम समुदायलाई नै असर पार्ने खालको समाचार आउनु दुखद भन्दै  निवदेन दिनु भएको थियो । डा.अन्सारी भन्नु हुन्छ   “अन्य देशमा घटेका घट्नालाई लिएर नेपालका मुस्लिम समुदायलाई नै असर पार्ने खालको समाचार आउनु दुख कुरा हो । आवज विहिनको आवाज रहेको आमसञ्चार माध्यमबाट त्रास फैलाउने खालको बातावरण सृजना हुने कार्यलाई रोक्न आवश्यक छ । यदि कुनै पनि समुदायका व्यत्तिले कुनै घटना वा अपराध गरेका छन् भने त्यो व्याक्तिगत हुन्छन् । समुदाय कै मिलोमतो हुदैन ? यस्ता समाचारले नेपाली मुस्लिम समुदायलाई समाजिक र मानसिक प्रत्यक्ष असर परेको छ । ”

फर्दाफास डटकमको अङ्ग्रेजी संस्करण इपर्दाफासद्वारा  – The arrest of self-styled Indian spiritual leader Jalaluddin alias Chhangur Baba on July 5 in Uttar Pradesh has triggered a widening transnational investigation exposing a massive illegal religious conversion and money laundering network, with deep financial and operational links to Nepal. The racket- allegedly backed by foreign powers and radical Islamic organizations-has raised significant security concerns in both India and Nepal. He cultivated a following among poor and socially vulnerable Hindus, claiming to perform spiritual healings. But behind the façade, he allegedly orchestrated a coercive conversion syndicate stretching across multiple Indian states and into Nepal’ भनी सामग्री सम्प्रेषण गरेको प्रति युवा नेता डा. अन्सारीले आपत्ति जनाउनु भएको छ ।
“पत्रकार तथा सञ्चार माध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सामग्रीको सम्प्रेषण गर्नुपर्ने, कुनैपनि आधारमा कसैमाथि भेद्भाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सम्प्रेषण गर्न नहुने, समाचारबाट असर पर्ने व्यक्ति, समुदाय वा संस्थाले पठाएको खण्डन वा प्रतिक्रियालाई स्थान दिनु सञ्चार माध्यमको कर्तव्य हुने” पत्रकार आचारसंहिताको  पालना गर्नु पर्नेमा  युवा नेता डा. अन्सारीले जोड दिनु भएको छ । युवा नेता डा. अन्सारीले समाचार प्रकाशन गर्ने पर्दाफास डट कमलाई कार्वाहि गरिदिन हुन प्रेस काउन्सिल नेपाललाई अनुरोध गर्नु भएको छ ।

Advertisement