Monday, July 6

प्रधानमन्त्री मोदीको सम्बोधन : अब आणविक ब्ल्याकमेल सहने छैनौँ

नेपालअखबार,काठमाडौं । नयाँ दिल्ली । ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाबाट राष्ट्रलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेसन सिन्दूरमा सहभागी सैनिकप्रति सम्मान व्यक्त गर्दै पाकिस्तानलाई कडा चेतावनी दिएका छन्।प्रधानमन्त्री मोदीले भने, ‘आज, मलाई लाल किल्लाको पर्खालबाट अपरेसन सिन्दूरका बहादुर सिपाहीहरूलाई सलाम गर्ने अवसर मिलेको छ। हाम्रा सैनिकहरूले शत्रुलाई उनीहरूको कल्पनाभन्दा बाहिरको सजाय दिएका छन्। भारत अब आणविक धम्की वा ब्ल्याकमेल सहने छैन।”

Advertisement

उनले पहलगाममा भएको नरसंहारको स्मरण गर्दै भने, ‘आतङ्ककारीहरूले सीमापारबाट आएर निर्दोष नागरिकलाई धर्म सोधेर हत्या गरे। श्रीमानलाई उनकी श्रीमतीको अगाडि, बुबालाई छोराछोरीको अगाडि मारियो। यस घटनाले सम्पूर्ण भारत क्रोधित भएको छ, र अपरेसन सिन्दूर त्यही क्रोधको अभिव्यक्ति हो।’

Advertisement
Advertisement

मोदीले भने, ‘भारतले अब रगत र पानी एकैसाथ बग्ने छैन भन्ने निर्णय गरेको छ। भारतीय नदीहरूको पानी शत्रुको खेत सिँचाइमा प्रयोग भइरहेको छ, तर अब भारतले आफ्नो भागको पानी पाउनेछ। सिन्धु सम्झौता एकतर्फी र अन्यायपूर्ण थियो, जुन राष्ट्रिय हितमा स्वीकार्य छैन।”

Advertisement

यस्तै, उनले स्वदेशमै निर्मित लडाकु विमान र आफ्नै जेट इन्जिनको आवश्यकता औँल्याउँदै भने, ‘हामी अब समुद्र मन्थनको दिशामा अघि बढिरहेका छौँ, समुद्रभित्र तेल र ग्यासको भण्डार खोज्ने अभियानमा छौँ। मेड इन इन्डिया जेट इन्जिन हाम्रो प्राथमिकता हो।’

उनले आत्मनिर्भर भारतलाई विकसित भारतको आधार बताउँदै जोड दिए, ‘आत्मनिर्भरता केवल आयात–निर्यात वा पैसामा मात्र सीमित छैन, यो हाम्रो शक्ति र स्वतन्त्रताको आधार हो। यदि अरूमाथि अत्यधिक निर्भरता रह्यो भने स्वतन्त्रताको सार हराउँछ।’