Friday, July 24

भुइँचालो गएको झन्डै ४० घन्टापछि १८ दिनको बच्चा र आमाको जीवित उद्धार

नेपालअखबार,काठमाडौँ ।  भेनेजुएलामा शक्तिशाली भुइँचालो गएको करिब ४० घन्टापछि १८ दिनका एक बालकलाई उनकी आमासहित जीवित उद्धार गरिएको छ।

Advertisement

उद्धार गरिएकी आमाले नवजात छोराको मायाले आफूलाई जीवित राख्न मद्दत गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीलाई बताएकी छन्।

Advertisement
Advertisement

‘मलाई मेरो छोरा (जुआन डेभिड) ले भग्नावशेषको बीचमा रातभर जाग्राम बस्न र सतर्क रहन प्रेरणा दियो,’ आमा दयाना पातिनोलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ, ‘जबसम्म ऊ जीवित थियो, म पनि जीवित रहने थिएँ। ऊ अझै सास फेर्दैछ कि छैन भनेर थाहा पाउन म समय समयमा उसको नाक छुने गर्थेँ।’

Advertisement

१८ वर्षको बालक र उनकी आमालाई भग्नावशेषबाट जीवित उद्धार गरिएको भिडिओ अहिले संसारभर भाइरल भइरहेको छ।

यो भिडिओ सार्वजनिक भएपछि जुआन डेभिड अहिले भुइँचालोले तहसनहस पारेको भेनेजुएलामा आशाको प्रतीक बनेका छन्।

बुधबार बिहान गएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भुइँचालाले भेनेजुएलामा अहिलेसम्म कम्तिमा १५ सय जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। आधा लाख मानिस बेपत्ता छन्। थप जीवित मानिस फेला पर्ने आशा घट्दै गएको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन्।

१८ दिनका जुआन डेभिड र उनकी आमालाई भुइँचालो गएको झन्डै ४० घन्टापछि बिहीबार राति उद्धार गरिएको थियो।

भेनेजुएलाको राजधानी काराकासको एक क्लिनिकमा उपचाररत दयानाले आइतबार बिबिसीसँग कुरा गर्दै जमिनमुनि बिताएका भयानक क्षणबारे चर्चा गरेकी छन्। उनले जमिनमुनि पुरिँदा आफ्नो सानो छोरालाई छातीमा टाँसेर उद्धारकर्मी आउने प्रतीक्षामा प्रार्थना गरिरहेको बताएकी छन्।

भुइँचालो जाँदा उनी उत्तरी तटीय क्षेत्र ला गुइरामा रहेको आफ्नो आठौं तलाको अपार्टमेन्टमा भाँडा माझ्दै थिइन्।

‘यो सामान्य धक्का मात्र होला’ भन्ठानेर उनी तुरून्तै छोरालाई काखमा लिन दौडिन्।

‘मलाई आफू हावामा उडिरहेजस्तो महसुस भयो। त्यसपछि म पानी र माटोमा डुब्दै गएजस्तो लाग्यो। बिस्तारै मलाई आफू एउटा खाल्डोमा खसेको आभाष भयो। म त्यही खाल्डोमा अड्किइरहेँ। मैले आठौं तल्लाको अपार्टमेन्टबाट हावामा उड्दै तल झरिरहेका बेला पनि आफ्नो बच्चालाई छाडिनँ। उसलाई छातीमा टाँसिरहेँ। मैले त्यस्तो कसरी गरेँ भन्ने मलाई नै थाहा छैन। जमिनमुनि पुरिएपछि म फर्निचरहरूका बीचमा थिचिएकी थिएँ। सायद त्यही फर्निचरहरूको आड पाएर हाम्रो ज्यान जोगियो,’ उनले भनिन्।

उनी खस्नेबित्तिकै चिच्याएकी थिइन्। तर उनलाई आफ्नो आवाज कसैले सुनिरहेको छैन भन्ने महसुस भयो।

‘जब मैले छातीमा टाँसिएको छोरालाई सास फेरिरहेको देखेँ, मलाई पुनर्जन्म पाएजस्तो लाग्यो। मलाई विश्वासै भइरहेको थिएन,’ उनले भनिन्।

‘त्यसपछि म चिच्याउन छाडेँ। मलाई आफ्नो शरीरमा बचेको शक्ति छोराका लागि भए पनि जोगाउनुपर्छ भन्ने भयो। त्यसपछि जब म आफू नजिकै केही आवाज सुन्थेँ, मान्छेहरू हिँडेको पदचाप सुन्थेँ, तब मात्र चिच्याउँथेँ,’ उनले अगाडि भनिन्, ‘तर मेरो आवाज बाहिरका मान्छेको कानसम्म पुग्न धेरै समय लाग्यो।’

Earthquake1-1782727481.jpg

भग्नावशेषमा पुरिँदा उनको देब्रे खुट्टा कंक्रिटमुनि थिचिएको थियो। उनी हलचल गर्ने अवस्थामा थिइनन्। उनको कंचट एउटा ढुंगामा थिचिएको थियो। त्यस्तो अवस्थामा पनि कसरी शान्त बस्न सकिन् भन्ने आफैलाई थाहा नभएको उनी बताउँछिन्।

दयानाले आफू थिचिएको भग्नावशेषमै एउटा बाइबल फेला परेपछि आशा जागेको बताएकी छन्।

‘त्यहाँबाट मेरो नयाँ जीवनको यात्रा सुरू भयो,’ उनले भनिन्, ‘भग्नावशेषको अन्धकारमा मैले जून जस्तै सानो उज्यालो पाएँ।’

निकै समयपछि आफ्नो भाइले नाम काढेर बोलाएको सुनेपछि बाँचिन्छ भन्ने आस पलाएको उनको भनाइ छ।

‘मैले आफैलाई भनेँ, यो नै मेरो एक मात्र मौका हो। म आफ्नो सम्पूर्ण शक्ति लगाएर चिच्याएँ। ‘म यहाँ छु’ भनेर जोडले कराएँ। मेरो आवाज भाइसम्म पुग्यो। उसले पनि बाहिरबाट ‘मैले तिमीलाई फेला पारेँ, अब म तिमीलाई बाहिर ननिकालेसम्म यहाँबाट जान्नँ’ भन्ने जबाफ दियो,’ दयानाले आफ्नो वृत्तान्त सुनाइन्।

त्यसपछि उद्धार टोलीले बिहीबार राति आमा र बच्चा दुवैलाई भग्नावशेषबाट बाहिर निकाल्न सफल भयो।

भग्नावशेषमा थिचिएर दयानाको दुवै खुट्टामा चोट लागेको छ भने जुआनलाई सामान्य चोट मात्र लागेको छ।

भुइँचालो जाँदा दयानाका श्रीमान् गर्सन भर्खरै घर फर्केर गाडी पार्क गर्दै थिए। उनी भुइँचालो जानेबित्तिकै एउटा बार नाघेर सुरक्षित स्थानमा पुग्न सफल भए।

जब उनले आफ्नो अपार्टमेन्ट भवनको हालत देखे, उनले आफ्नी पत्नी र छोरालाई जीवित उद्धार गरिएला भन्ने चिताएकै थिएनन्।

उनले आफ्नो बच्चा र श्रीमतीको उद्धार भएको क्षण ‘चमत्कार’ जस्तै लागेको बताएका छन्।

उद्धार गरिएको भिडिओमा गर्सनले भावुक हुँदै आफ्ना आँखा बन्द गरेको र आफ्नो छोरालाई अँगालो हाल्दै टाउको आकाशतिर फर्काएको देख्न सकिन्छ।

‘त्यो क्षण अवर्णनीय थियो। मैले सोचेको थिएँ, उनीहरूको ज्यान गइसक्यो। तर जब मैले मेरो छोरालाई देखेँ, मलाई मेरो पुनर्जन्म भएजस्तो लाग्यो। मलाई विश्वासै भइरहेको थिएन… मभित्र पुनः जीवन फर्किएजस्तो महसुस भयो,’ गर्सनले त्यो क्षणबारे बिबिसीलाई भने।

गर्सन र दयानाले अब आफ्नो जीवन शून्यबाट सुरू गर्ने विश्वास व्यक्त गरेका छन्।

‘हामीले लगभग सबै थोक गुमायौं, तैपनि हामी जीवित छौं… हामीले गुमाएका सबै कुरा फेरि निर्माण गर्नेछौं,’ गर्सनले भने।