Wednesday, July 1

सभामुख अर्यालसँग साउदी राजदूतको भेट

नेपालअखबार, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए. मनिखले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।

Advertisement

त्यस अवसरमा सभामुख अर्यालले नेपालको सङ्घीय संसद् साउदी अरबको शुरा काउन्सिलसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै सङ्घीय संसद्को हालैको निर्णयअनुसार नेपाल–साउदी अरब संसदीय मैत्री समूह गठन भएको जानकारी दिए ।

Advertisement
Advertisement

उक्त समूहका माध्यमबाट दुवै देशका संसद्‍बीच पारस्परिक हितका विषयमा सहकार्य गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको सभामुखको निजी सचिवालयले जनाएको छ ।

Advertisement

उनले नेपाल र साउदीबीच श्रम आप्रवासका क्षेत्रमा बढ्दो सहकार्यप्रति कृतज्ञताका साथ साउदी अरबले नेपालीलाई प्राथमिकता दिएकामा आभार व्यक्त गरे ।

राजदूत मनिखले साउदी अरब र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन आफू क्रियाशील रहेको बताउँदै श्रम, व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्पर्कलाई विस्तार गर्न प्रतिबद्ध रहेको बताए ।

आगामी वर्ष नेपाल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुँदैछ । युवा,श्रम तथा रोजगार मन्त्रालयका अनुसार हाल साउदीमा तीन लाख ८४ हजार ८६५ नेपाली कार्यरत छन् ।