
नेपालअखबार, काठमाडौँ । सरकारले गेटा अस्पताल कैलालीलाई सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ । त्यस्तै काठमाडौँ उपत्यका विकास प्राधिकरणको आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको आयुक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
बैठकले विदेशी शैक्षिक कार्यक्रम नियमन गर्न नियमावली २०८३ स्वीकृत गर्ने, शैक्षिक परामर्श भाषा शिक्षण तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै कारागार नियमावली,मानवअधिकारसम्बन्धी छैठाैँ राष्ट्रिय कार्ययोजना र भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।




