Uncategorized

हस्ताक्षर किर्ते गरी रकम चोरी प्रकरण बढ्दो, कसरी पुग्यो अनधिकृत व्यक्तिको हातमा बैंक खातावाहकको सक्कली डकुमेन्ट ?

Nepal Akhabar

हस्ताक्षर किर्ते गरी रकम चोरी प्रकरण बढ्दो, कसरी पुग्यो अनधिकृत व्यक्तिको हातमा बैंक खातावाहकको सक्कली डकुमेन्ट ?

सुनाखरी न्युज/
काठमाडौं-
हस्ताक्षर किर्ते गरी रकम चोरी प्रकरण बढ्दो क्रममा छ । अनधिकृत व्यक्तिको हातमा बैंक खातावाहकको सक्कली डकुमेन्ट समेत पुगेको पाइएको छ । यसले वैंकिण् क्षेत्रमा चुनौति थपिदिएको छ ।
विशेषगरी बैंकका खातावाहक जो ठूलै रकम बैंकमा राख्छन् । उनीहरुको सजिलो हस्ताक्षर वा नाम मात्रै हुने गरेको छ । बैंकको चेक आफैंले लेख्न नजान्ने तर कसैले लेखिदिए त्यसमा सामान्य हस्ताक्षर गर्न जान्ने व्यक्तिहरुको पनि बैंक खाता छ ।
ती व्यक्तिहरु अर्कालाई चेक लेखाउने, सकेसम्म आफ्नो हस्ताक्षर आफैं पनि नगर्ने । छोराछोरीलाई ‘मेरैजस्तै देखिने गरी साइन गर्दे गर्दे’ सम्म पनि भन्ने गरेको पाइन्छ । आफैंले गर्दा पनि बडो सजगताका साथ आफ्नो नाम लेख्छन् ।
उनीहरुका लागि मोबाइल बैंकिङ त परै जाओस् एटीएममार्फत् पनि कारोबार गर्न आउँदैन ।
बुधबार सार्वजनिक भएको एउटा घटनाले सोच्नुपर्ने अवस्था सिर्जना गराइदिएको छ । आइतबार एउटा साधारण हस्ताक्षर भएका एक व्यक्तिको हस्ताक्षर चोरेर उनको खाताबाट २० लाख रुपैयाँ निकालिएपछि सजिलो हस्ताक्षर निकै असुरक्षित हुने अनुमान लगाउन सकिन्छ ।
आफ्नो हस्ताक्षर किर्ते गरेर पैसा निकालिएको थाहा पाएपछि प्रहरीलाई उजुरी गर्ने व्यक्ति हुन्, गोपालमान राजवाहक ।
सुरुमा त, राजवाहकको मोबाइलमा एउटा फोन आयो, जसमा भनियो, “म प्रहरीबाट बोलेको । तपाईंको मोबाइल ह्याक हुन लागेको छ । आधा घन्टा बन्द गर्नुस् ।” राजवाहकले यो कुरा पत्याए । र, आफ्नो मोबाइल बन्द गरे । तीस मिनेटपछि मात्र अन गरे ।
दिनभर उनले के किन भनेर आफैलाई प्रश्नै गरेनन् । उल्टै डराएर कसैलाई भनेनन् । पछि त्यो नम्बरमा फोन गर्दा सम्पर्क हुन सकेन । अर्कातर्फ रातको साढे ८ बजे उनको मोबाइलमा एकाएक मेसेज आउन थाल्यो । जनता बैंकबाट लेखिएको हरेक म्यासेजमा भनिएको थियो, “तपाईंको खाताबाट फलानो नाम गरेको व्यक्तिले निश्चित रकम निकालेको छ ।”
तीमध्ये दुईवटामा ५–५ लाख र एउटामा ९ लाख ९९ हजार झिकिएका जानकारी गराइएको थियो, कुल १९ लाख ९९ हजार रुपैयाँ । यति भएपछि उनले प्रहरीलाई खबर गरे । र जानकारी गराएकि उनले आफ्नो चेक कसैलाई दिएको छैन ।
सूचना पाएलगत्तै प्रहरी सक्रिय भयो । प्रहरीले सम्बन्धित बैंक तथा राष्ट्र बैंकका उच्च अधिकारीहरुसँग छलफल गर्यो । सोमबार प्रहरीले गिरोहको खोजी गर्न थाल्यो । भोलिपल्टै एकजना राजबाहककै चेक बोकेर जनता बैंकको न्युरोड शाखामा पुगेपछि बैंकले उसलाई समात्यो र सोही व्यक्तिबाट अनुसन्धान सुरु गरी अन्य व्यक्तिहरु पनि समातिए ।
उनीहरुको साथबाट १८ लाख ५० हजार नगद, विभिन्न बैंकहरुका ठूलो परिमाणमा चेकबुक, खाता खोल्न तयार रहेका फर्महरु, विभिन्न तीनसय व्यक्तिहरुको नागरिकताको फोटोकपी, फोटोहरु, प्रयोग भएका हस्ताक्षरका नक्कलहरु बरामद गरियो ।
अनुसन्धानको क्रममा ६ जना पक्राउ परेका छन् ।

the authoradmin

Leave a Reply