Uncategorized

ट्याक्सीको नयाँ मापदण्ड निर्धारण, पेट्रोलबाट चल्ने १२ सय सीसीको गाडी मात्र ट्याक्सीका रुपमा दर्ता र सट्टापट्टा हुने

ट्याक्सीको नयाँ मापदण्ड निर्धारण, पेट्रोलबाट चल्ने १२ सय सीसीको गाडी मात्र ट्याक्सीका रुपमा दर्ता र सट्टापट्टा हुने

सुनाखरी न्युज/
काठमाडौं –
पेट्रोलबाट चल्ने १२ सय सीसीको गाडी मात्र ट्याक्सीका रुपमा दर्ता र सट्टापट्टा हुने नयाँ मापदण्ड सरकारले बनाएको छ ।
यसले ८ सय सीसीको गाडीलाई ट्याक्सी बनाउन त रोकेको छ । तर सरकारको यो मापदण्ड लागू गर्न ट्याक्सी चालक तथा व्यवसायीले भाडादर बढाउनुपर्ने सर्त राखेका छन् ।
ट्याक्सीको भाडा बढाउनुपर्ने उनीहरुको पुरानै माग हो । तर अहिलेले नयाँ मापदण्ड लागू गर्न पनि फेरि भाडादर पुनरावलोकनलाई सर्त बनाएका छन् ।
 
मंसिर २ गतेबाट लागू भएको मापदण्डअनुसार अब नयाँ ट्याक्सीहरु सेडान ९लामा० गाडीमात्रै हुनेछन् ।
यसअघि ह्याचब्याक (छोटा) गाडीलाई ट्याक्सीका रुपमा प्रयोग गरिँदै आएका थियो । समान्यतया सेडान गाडीको मूल्य यसै पनि ह्याचब्याकभन्दा महंगो हुन्छ । यसअघि १८ लाखदेखि २२ लाख रुपैयाँमा ट्याक्सी किन्न पाइन्थ्यो । नेपाली बजारमा उपलब्ध १२ सय सीसीको सेडानको मूल्य २९-३० लाखभन्दा माथि छ ।
सरकारले फोर स्ट्रोकसहित ३ सिलिन्डर इन्जिनको सेडान गाडीमात्रै ट्याक्सी हुन सक्ने नियम ल्याएको छ ।
नयाँ ट्याक्सीमा सेन्ट्रल लकिङ, एयर कन्डिसनर ९एसी०, डिजिटल मिटरसहितको प्रिन्टर, एलईडी स्क्रीनसहितको जीपीएस नेभिगेसन सिस्टम अनिवार्य गरिएको छ । एसीसहितका फिचर्स थपिँदा नयाँ ट्याक्सीको मूल्य निकै बढ्नेछ ।
 
८ सय सीसीभन्दामाथिका इन्जिनको ट्याक्सीले पुरानाभन्दा बढी तेल खपत गर्ने उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज, केन्द्रीय सदस्य तथा लेखा समिति संयोजक विष्णु चौहान बताउँछन् ।
 
भाडादर वैज्ञानिक नबनाई नयाँ मापदण्ड ल्याएर सरकारले व्यवसायीमाथि अन्याय गरेको सदस्य चौहान बताउँछन् ।
 
यसअघि एक कम्पनीले सेडान गाडी ट्याक्सीका रुपमा प्रयोगमा ल्याएको थियो । तर यो गाडीले व्यवसायीलाई डुबाएको ट्याक्सी व्यवसायीहरुले सुनाउँछन् ।

the authoradmin

Leave a Reply