Uncategorized

आई.एम.ई. लाइफइन्स्योरेन्स लाई नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त

आई.एम.ई. लाइफइन्स्योरेन्स लाई नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त

सुनाखरी न्युज/ काठमाडौं- आई.एम.ई. लाइफइन्स्योरेन्स क.लि. ले आ.व.२०७५/७६ का लागि नेपाल पूनर्बीमा कं.लि. मा पूनर्बीमा प्रदान गरेका जीवन बीमा कम्पनीहरु मध्ये पूर्नबीमा शुल्क र दाबीको आधारमा सबैभन्दा बढी नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त गरेको छ । उक्त सम्मान पत्र नेपाल पूनर्बीमा कं।लि। को छैठौं वार्षिक उत्सव कार्यक्रमको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदानगर्नु भएको हो ।
 
आई.एम.ई.लाइफइन्स्योरेन्स कं.लि.ले देशै भरि ७६ जिल्लामाआफ्नो १०० भन्दा बढि शाखा तथा उपशाखा कार्याल यबाट सम्पूर्ण नेपालीमाझ उत्कृष्ट सेवा पुर्याउदै आएको छ । त्यसैगरि कम्पनीले घातक रोग विरुद्ध उपचार खर्च, लघुवीमा,सामुहिक वीमा लगायत वीमित लाई प्रत्यक्ष फाइदा पुग्ने विभिन्न किसिमका वीमा योजना प्रचलनमा ल्याएको छ । र, निकट भविष्यमा समेत सम्भावित ग्राहक एवं वीमितहरुको चाहना अनुरुप नौलाएवं लाभदायक बीमा योजनाहरु प्रस्तुत गर्ने र थप शाखा तथा उपशाखा कार्यालयहरु मार्फत सेवा विस्तार गरि जीवन वीमाको पहुंच वृद्धि गर्ने लक्ष्य लिएको छ ।

the authoradmin

Leave a Reply