राजनीतिविदेशसमाचार

ट्रम्पले सहभागी नहुने भनेपछि अमेरिकाको राष्ट्रपतीय बहस औपचारिक रुपमै रद्ध

Nepal Akhabar

नेपाल अखबार, एजेन्सि।अमेरिकी राष्ट्रपति पदकालागि प्रतिश्पर्धामा रहेका दुई उम्मेदवारबीचको दोस्रो बहस औपचारिक रुपमै रद्ध गरिएको छ।
राष्ट्रपति पदका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेपछि राष्ट्रपतीय बहस आयोगले औपचारिक रुपमै बहस रद्ध गरेको हो।
राष्ट्रपति पदका अर्का उम्मेदवार जो बाइडेनले भने आफू बहसका लागि तयार नै रहेको बताउँदै आएका छन्। राष्ट्रपतीय बहस आयोगले यही अक्टोबर १५ तारिखका दिन गर्नेगरी दोस्रो बहसको तयारी गरिरहेको थियो।
राष्ट्रपति ट्रम्पलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएकाले दोस्रो बहस भर्चुअल रुपमा गर्ने तयारी भइरहेको थियो।
Century masala
यसअघि पहिलो बहस भौतिक रुपमै सहभागी भएर भएको थियो। सो बहसमा राष्ट्रपति ट्रम्पको प्रस्तुित फितलो भएको चर्चा चलिरहेका बेला उनले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेका थिए।
उनले आफू राष्ट्रपतीय बहसका लागि अनिश्छुक रहेपनि चुनावी ¥यालीका लागि भने तयार रहेको शुक्रबार बताएका थिए।गत शुक्रबार कोरोना भाइरसबाट सङ्क्रमित भएका ट्रम्पले एक हप्ता नहुँदै आफूलाई पूर्ण स्वास्थ्य लाभ भइसकेकाले ¥यालीमा सहभागी हुन सक्षम रहेको दाबी गरेका थिए।
Bidh Lab
उनका चिकित्सकहरुले पनि राष्ट्रपति ट्रम्पको थेरापी सकिएको र उनको अवस्था धेरै राम्रो भइसकेको बताएका छन्।
अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख दश हजारभन्दा बढीको मृत्यु भइसकेको छ। अरु लाखौ सङ्क्रमित भएका छन्।
राष्ट्रपति ट्रम्प कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि गत शुक्रबार अस्पताल जानु भएको थियो भने सोमबार निवास फर्किएका थिए।
निवासबाटै पनि उनलाई उपचार गराइरहेका चिकित्सकहरुले राष्ट्रपति ट्रम्प अव सार्वजनिक कार्यक्रममा सहभागी हुनसक्ने बताएका छन्। रासस/एपी

the authoradmin

1 Comment

Leave a Reply