प्रशासनसमाचार

काठमाडौंमा भारतीय सेनाध्यक्ष मनोज पाण्डे

Nepal Akhabar

नेपालअखबार, काठमाडौं। भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन् । पाँच सदस्यीय टोलीका साथ उनी भारतीय सेनाको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।

विमानस्थलमा उनलाई नेपाली सेनाको एक टोलीले स्वागत गरेको छ । औपचारिक कार्यक्रम सोमबारदेखि हुनेछन् ।

पाँचदिने भ्रमणको पहिलो दिन सोमबार जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यसपछि उनलाई नेपाली सेनाको मुख्यालय जंगीअड्डामा गार्ड अफ अनर दिने कार्यक्रम छ ।

भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई हुने सहयोग पनि सोही अवसरमा घोषणा हुनेछ । सोमबार नै उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्नेछन् । शीतलनिवासमा यो कार्यक्रम अपराह्न ३ बजेका लागि राखिएको छ ।

the authoradmin