Sunday, July 5

काँग्रेसमा एकताको खाँचो ः नेता विश्वकर्मा

गाेरखा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य मिन विश्वकर्माले काँग्रेस अब एक ढिक्का हुने बेला आएको बताएका छन् ।

Advertisement

नेपाली काँग्रेस सिरानचोक गाउँपालिका स्तरिय क्रियाशिल सदस्यहरु एक दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेकपाको ज्याजती अन्त्य गर्न काँग्रेस एक हुनुको बिकल्प नभएको बताए ।

Advertisement
Advertisement

गाउँपालिका सभापती कृष्ण पोखरेलको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री विश्वकर्मा, जिल्ला सभापती हरिबहादुर घले, नेपाल मुस्लिम संघका राष्ट्रिय अध्यक्ष अब्दुल सत्तार, महासमिति सदस्य मोहन पोखरेल, क्षेत्रिय सभापती गोबिन्द गुरुङ, गोरखा नगर सभापती चन्दनबाबु खत्री, पालुङ्टार नगर सभापती दिपक कंडेल, सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रीता देबकोटा, शिक्षक संघ सिरानचोकका अध्यक्ष रामकाजी श्रेष्ठ, वडा नम्बर ६ का सभापती बलराम मल्ल, वडा नम्बर ६ का वडा अध्यक्ष नारायण दानी, महिला संघकी सदस्य सर्मिला अधिकारी लगायत शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली काँग्रेसकाे शंसोधित विधानको बारेमा जिल्ला सदस्य सिपी पोखरेलले प्रशिक्षण दिएका थिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *