Saturday, May 30

कांग्रेसले अन्य दलसँगको सल्लाहमा राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ ।  बिहीबार बिहान बसेको कांग्रेस संसदीय दल कार्य समितिको बैठकले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा २३ गते हुने निर्वाचनका लागि २२ गते कांग्रेसका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले राष्ट्रिय सभाको उपाध्यक्षका लागि अन्य दलसँग समेत सल्लाह गरेर व्यक्तिका बारेमा टुङ्गो लगाउने निर्णय गरेको प्रमुख सचेतक समेत रहेका लेखकको भनाई छ ।

Advertisement

त्यस्तै बैठकले कांग्रेस संसदीय दलको बैठक माघ २६ गते बस्ने निर्णय गरेको छ ।  राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएसँगै रिक्त रहेको थियो ।