Monday, July 27

विराटनगरमा तनाव, प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार र हवाई फायर

नेपालअखबार, विराटनगर। विराटनगरमा आइतबार दिउँसो तनाव भएको छ।

Advertisement

कोशी प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै पुन: नामकरणको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरूलाई लक्षित गरी प्रहरीले अश्रुग्यास प्रहार र हवाई फायर गरेको छ।

Advertisement
Advertisement

प्रदेश नं १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय छेउ रोडशेषमा प्रदर्शनकारी पुगेका थिए। जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो।

Advertisement

निषेधित क्षेत्रमा  प्रदर्शनकारी जान खोजेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरीले बताएको छ।  प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको प्रदर्शनमा सहभागीले बताएका छन्।

फागुन १७ मा प्रदेश सभाको दुई तिहाइ मतले प्रदेशको नाम कोशी राखेको थियो।  लगत्तै पुनः नामाकन गर्नुपर्ने मागसहित आन्दोलन सुरू भएको छ।