प्रदेश ३समाचारसमाजहाइलाइट-समाचार

सिन्धुपाल्चोकमा मध्यराति प्रहरी चौकी आक्रमण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा आक्रमण भएको छ । शनिबार मध्यराति अज्ञात समूहले चौकीमा आक्रमण गरेका हुन ।

१०/१२ वटा मोटरसाइकलमा आएको समूहले मध्यराति कबिर १ः३० बजे एक्कासि प्रहरी चौकीमा ढुंगामुढा गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर घाइते भएका छन् ।

आक्रमणमा संलग्गन रहेको आशंकामा एकजना दुई मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकीमा किन, कसले आक्रमण गर्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

the authoradmin

Leave a Reply