नेपालअखबार, एजेन्सि । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले अस्वस्थ्यताका कारण प्रत्यक्ष अन्तरवार्ता बीचैमा छोड्नुपरेको छ । मङ्गलवार उनले टिभीमा अन्तरवार्ता दिइरहेका थिए जसको समय ९० मिनेट निर्धारण गरिएको थियो । तर १० मिनेटपछि नै प्रश्नलाई बीचमा नै काटेर च्यानलले ब्रेक लिनु पर्यो ।
त्यसपछि कार्यक्रम रोकियो । अर्दोआनले बुधवार तीन स्थानमा हुन लागेको चुनावी प्रचार कार्यक्रम पनि रद्द गरेका थिए । उनले भने, ‘डाक्टरको सल्लाहमा आज म घरमा आराम गर्नेछु ।
६९ वर्षका अर्दोआनको सन् २०१२ मा ग्यास्ट्रोइन्टेस्टाइनल शल्यक्रिया भएको थियो । १४ मेमा टर्कीमा आम निर्वाचन हुँदै छ । २० वर्षदेखि टर्कीमा शासन गरिरहेका रेचेप तैय्यप अर्दोआज सत्तामा रहिरहनका लागि व्यापक प्रचार गरिरहेका छन् ।
यस्तोमा उनको स्वास्थ्य बिग्रँदा उनका लागि समस्या पैदा गर्न सक्छ ।