प्रशासनसमाचार

स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी, स्नातक उत्तीर्णले आवेदन दिन पाउने

Nepal Akhabar

नेपालअखबार, काठमाडाैं । स्वास्थ्य बीमा बोर्डले दर्ता अधिकारी (नासु वा पाँचौँ तह सरह) पदमा कर्मचारी माग गरेको छ । करार सेवामा पदपूर्ति गर्नका लागि बोर्डले बिहीबार दरखास्त आह्वान गरेको हो ।
५५ जना माग भएको सो पदमा आवेदन दिनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले बोर्डको कार्यालय टेकुमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

Capture

the authoradmin