Saturday, July 4

बढुवा भएका २० जना एसएसपीले पाए दर्ज्यानी चिन्ह

नेपालअखबार, काठमाडाैं । नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले दर्ज्यानी चिन्ह पाएका छन्।

Advertisement

उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षक (एसपी)बाट एसएसपी पदमा बढुवा भएका २० जनाले दर्ज्यानी चिन्ह पाएका हुन्।

Advertisement
Advertisement

सोमबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

Advertisement

विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासीनी र दीप शम्शेर जवराले चिन्ह पाएका हुन्।

यस्तै वेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रविण पोखरेल, कृष्णबहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जनले पनि चिन्ह पाएका छन्। प्राविधिकतर्फका एसएसपी डा.संज्ञा मल्ल, डा.दिवा शर्मा र डा.आषिश दत्तले पनि दर्ज्यानी चिन्ह लगाएका छन्।

निर्णयबाट पदोन्नति भएकी एसएसपी गंगा पन्त हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत छिन्।