अर्थसमाचार

नेपाल एयरलाइन्सको मलेसिया–काठमाडौँ उडानको ट्रान्जिट भैरहवा

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ । जेठ २९ गतेदेखि काठमाडौँ–क्वालालम्पुर–भैरहवा–काठमाडौँ नयाँ रुटमा उडान भर्ने तयारी गरेको नेपाल वायुसेवा निगमले १२ हजार ७ सय रुपैयाँमा नै क्वालालम्पुर–भैरहवा सेवा दिने भएको छ । नेपाल–मलेसिया प्रारम्भिक उडान भर्न लागेको निगमले आकर्षण भाडा दर (पर्मोटर फेयर) मा उडान भर्न लागेको हो ।

काठमाडौँ–क्वालालम्पुर, क्वालालम्पुर–भैरहवा–काठमाडौँ सातामा दुई फ्लाइट गर्न लागेको निगमले सोमबार काठमाडौँ–क्वालालम्पुर उडान भरेर उताबाट फर्किदा क्वालालम्पुर–भैरहवा हुँदै पुनः काठमाडौँ आउने रुट (ट्रान्जिट) बनाएको छ । क्वालालम्पुर–भैरहवा १२ हजार ७ सय रुपैयाँ अर्थात् ४२९ मलेसियन रिंगेट हवाई भाडा तोकेको निगमले भैरहवाबाट काठमाडौँका लागि थप २ हजार २० रुपैयाँ भाड थप्नेछ । योसँगै क्वालालम्पुर–भैरहवा–काठमाडौँको कूल भाडा दर १४ हजार ७२० रुपैयाँ वा ४९९ रिंगेट हुनेछ ।

यस्तो छ हवाई उडान सेडूल र भाडा दर

सोमबार– काठमाडौँ–क्वालाम्पुर (उडान/अवतरण–२०५०/०३३५+१) 

मङ्गलवार– क्वालालम्पुर–भैरहवा–काठमाडौँ (उडान/अवतरण–०४३५/०७३०) 

भाडा

क्वालालम्पुर–भैरहवा– १२,७०० रुपैयाँ (४२९ रिंगेट)

क्वालालम्पुर–भैरहवा–काठमाडौँ – १४,७२० रुपैयाँ (४९९ रिंगेट) 

the authoradmin