Saturday, May 30

तोलामा ५ सय रुपैयाँले सस्तियो सुनको मूल्य

नेपालअखबार, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ९ हजार २ सय रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै आज प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।