
नेपालअखबार, काठमाडौं । सरकारले रासायनिक मलका लागि ०८० /८१ मा ३० अर्ब बजेट विनियोजन गरिएको छ । यो बजेट अगिल्लो वर्षको तुलनामा दोब्बरले वृद्धि भएको हो । यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई ३ अर्ब २२ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ।
बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमलाई ३ अर्ब २२ करोड रुपैयाँको बजेट विनियोजन गर्नु भएको हो । यो कार्यक्रम मार्फत १ सय १६ स्थानमा सिक्दै कमाउँदै कार्यक्रम संचालनमा रहेका छन्।

