Thursday, July 9

खोलामा पौडी खेल्ने क्रममा १३ वर्षीय बालकको डुबेर मृत्यु

नेपालअखबार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका- ४ मेलम्ची खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

Advertisement

आइतबार अपराह्न ४ बजे पौडी खेल्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

हेलम्बु गाउँपालिका -६ का १३ वर्षीय अजय तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको हो।

Advertisement

बालक इष्टपोइन्ट एकेडेमीमा कक्षा ५ मा अध्ययनरत रहेको हेलम्बु गाउँपालिका-४ का वडा अध्यक्ष  बुद्धिमान तामाङले जानकारी दिए।

‘साथीहरूसँग पौडी खेल्न गएको रहेछन्, एकछिनसम्म बाहिर ननिस्किएपछि साथीहरूले वरपरका मानिसलाई बोलाएर खोजिएको हो,ʼ वडाध्यक्ष तामाङले भने।

उनको शव पोस्टमर्टमको लागि मेलम्ची अस्पताल लैजाने तयारी भइरहेको वडाध्यक्ष तामाङले जानकारी दिए।