Saturday, July 18

रोशी गाउँपालिकाले गर्‍यो २ हजार ६ सय परिवारको निःशुल्क स्वास्थ्य बीमा

नेपालअखबार,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ।

Advertisement

६० देखि ७० बर्षसम्मका स्थानीय परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरेको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिएका छन्।

Advertisement
Advertisement

स्थानीय ३ हजार ७९ परिवारमध्ये दुई हजार ६४८ घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा पाएका हुन्।

Advertisement

यसमध्ये सरकारले आठ सय ६८ परिवार तथा गाउँपालिकाले एक हजार सात सय ८० परिवारको बीमा शुल्क ब्यहोरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाको बताए।

स्वास्थ्य शाखाका अनुसार ५४ पूर्ण अपांगता भएका नागरिकको पनि निःशुल्क बीमा गरिएको छ भने तीन परिवारको महिला स्वयंसेविकाको ५० प्रतिशत सरकारले बेहोर्ने गरी बीमा गरिएको छ।

चार सय एक परिवारले भने आफैं शुल्क तिरेर बीमा गरेका छन् ।

रोशीको जनसंख्यामध्ये ३७ दशमलव ३१ प्रतिशत नागरिकको स्वास्थ्य बीमा भएको छ । हालसम्म रोशीको जनसङ्ख्या २३ हजार सात सय ९० रहेकोमा आठ हजार आठ सय ७८ जनाको स्वास्थ्य बीमा भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख गैगा श्रेष्ठले बताइन्।

गत आर्थिक वर्षमा जेष्ठ नागरिकको स्वास्थ्यका लागि एक करोड अनुमानित बजेटमध्ये रु ६२ लाख ५४ हजार एक सय खर्च भएको लामाले बताए।

‘रोशीका नागरिकले पैसाको अभावमा स्वास्थ्योपचारबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले बीमा कार्यक्रममा सामेल गरिएको हो,’ उनले भनिन्।

यसैबीच रोशी गाउँपालिकाले १७ औँ विश्व रेबिज दिवस–२०८० को अवसर पारेर बुधबारदेखि सप्ताहव्यापी रेबिजविरुद्धको निःशुल्क खोप अभियान सुरु गरेको छ।

गाउँपालिकमा रेबिजको जोखिम बढेकाले सुरु गरिएको सप्ताहव्यापी खोप अभियानअन्तर्गत कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाइनेछ। अभियानमा ६ सय कुकुर र ६ सय ‘डोज’ खोप बिरालोलाई लगाउने लक्ष्य लिइएको छ। रासस