Thursday, July 30

पाँच सय घर निर्माण गर्न युवा संघका नेताहरू जाजरकोट प्रस्थान

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले जाजरकोटमा भूकम्पले भत्काएका पाँच सय घर निर्माण गर्ने भएको छ।

Advertisement

संगठनका नेता नरेश लेखकका अनुसार भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका निम्ति बिहिबार युवा संघको टिम जाजरकोटतर्फ प्रस्थान गरेको छ।

Advertisement
Advertisement

नेता लेखेकले लेखेका छन्, ‘५ सय अस्थायी घर बनाउने अभियान अन्तर्गत एक सय जना युवा (युवा श्रमदानको लागि) आज विभिन्न ठाउँबाट जाजरकोट प्रस्थान गर्नु भएको छ।’

Advertisement

यसअघि पनि युवा संघका नेताहरुले भूकम्पपीडितलाई जाजरकोट पुगेर खाद्यान्न तथा न्यानो कपडा प्रदान गरेर काठमाडौँ फर्केको थियो।

yuba-sangha--n-1700738446.jpg

yuwba-sangha-1700738446.jpg