नेपालअखबार, पाेखरा । पाेखरामा लागू औषध सहित १ जना पक्राउ गरेकाे छ । आज २२:३० बजेको समयमा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.३० पावरहाउस चोक स्थित सवारी साधन चेकजाँच गर्ने क्रममा विशाल थारू पक्राउ परेका छन् ।
पोखरा तर्फ आउँदै गरेको हाईसमा सवार जिल्ला पर्सा ठोरी गा.पा. वडा नं. ३ बस्ने वर्ष २० को विशालदिसवा थारूको साथबाट १७७ पिस नाईट्रोभ्याट लागू औषध बरामद भएको हुँदा पक्राउ गरी लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी जिल्ला प्रहरी कास्कीले जानकारी दिएकाे छ।