Saturday, July 11

शरीरको केही भाग जलेको अवस्थामा युवकको शव फेला

नेपालअखबार,सिराहा। सिराहामा शरीरको केही भाग जलेको अवस्थामा एक युवकको शव फेला परेको छ।

Advertisement

धनगढीमाई नगरपालिका- ६ स्थित गागन खोला किनारमा पहिचान नखुलेको अन्दाजी २६ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी टेकु इवा लिम्बूले जानकारी दिए।

Advertisement
Advertisement

‘हामीले छेउछाउका सबैतिर कोही हराएको छ वा कोहीसँग हुलिया मिल्छ कि भनेर सोधखोज गरिरहेका छौं। अहिलेसम्म परिचय खुलेको छैन,’ उनले भने, ‘शव हेर्दा कतै चोटपटक लागेको देखिँदैन तर खुट्टा भाँचेको देखिएको छ। प्रारम्भिक रूपमा कहीँ दुर्घटना भएर मृत्यु वा घाइते हुँदा शव जलाएको हुनसक्छ जस्तो लाग्छ।’

Advertisement

घटनास्थलबाट कुनै सामान बरामद नभएको प्रहरीले जनाएको छ।

स्थानीयले शव देखेपछि इलाका प्रहरी कार्यालय गोलबजारलाई जानकारी गराएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी लिम्बूले बताए।