Monday, July 6

अध्यक्ष नेपाल र यूरोपियन यूनियनका राजदुत लोरेन्जबीच भेटवार्ता

नेपालअखबार, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि यूरोपियन यूनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जबीच भेटवार्ता भएको छ।

Advertisement

बिहिबार पार्टी कार्यालय आलोकनगर काठमाडौँमा उक्त भेटवार्ता भएको हो। अध्यक्ष नेपालले लोरेन्जलाई नेपालमा स्वागत गर्नुका साथै कार्यसफलताको कामना व्यक्त गर्नु भएको छ।

Advertisement
Advertisement

पार्टी केन्द्रीय सदस्य मोहन गौतमकाअनुसार अध्यक्ष नेपाल र राजदुत लोरेन्जबीच बिहिबार बिहान शिष्टाचार भेटवार्ता भएको हो।

Advertisement

भेटमा नेपाल र यूरोपियन युनियन तथा यस अन्तर्गतका देशहरूसॅग नेपालको सम्बन्ध तथा सहयोगका बारेमा कुराकानी भएको नेता गौतमले जानकारी दिनुभयो।

madhav-lorenzo-1708580272.jpg