Sunday, May 10

बारा जङ्गल छेउमा वयस्क हात्ती मृत फेला

नेपालअखबार, बारा। बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परेको हो।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन बन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ। घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख इन्स्पेक्टर किशन बस्नेतले घटनाको पुष्टि गरे। इन्स्पेक्टर बस्नेतका अनुसार हात्तीको सुडमा सामान्य खतसँगै केही रगतको टाटा देखिएको छ। माथिबाट देखिएको हात्तीको शरीरमा कुनै घाउ खत देखिएको छैन।

Advertisement

अर्को तर्फ पल्टाउन जेसिवी मगाईदै छ। जेसीवीले पल्टाए पछि हात्तीको शरीरमा अर्को तर्फ घाउखत छ छैन देखिने इन्स्पेक्टर बस्नेतले जानकारी दिए। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय कोल्हबीले जनाएको छ।