Monday, April 20

सर्वोच्चमा दुई न्यायाधीश नियुक्त गर्न सिफारिस

नेपालअखबार,काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा दुई जना सिफारिस भएका छन्।

शुक्रबार बसेको न्यायपरिषद बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुका मुख्य न्यायाधीश नित्यतानन्द पाण्डेलाई सर्वोच्च अदालतका लागि सिफारिस गरेको हो। अब संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि उनीहरू सर्वोच्चको न्यायाधीशमा नियुक्त हुन्छन्।

Advertisement

सर्वोच्चमा अहिले चार न्यायाधीश पद रिक्त छ। केहीदिनमै प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले अवकास लिएपछि ५ न्यायाधीश पद खाली हुन्छन्। तर परिषदले भने २ जनालाई मात्रै सिफारिस गरेको छ।

नेपालबारको दबाबका कारण अरू पदमा नियुक्ति सिफारिस गर्न नसकिएको परिषदका एक सदस्यले बताए।

अहिले नेपाल बार एशोसिएसनले मुख्य रजिष्ट्रारलाई उच्च अदालतमा नियुक्त गरेर ल्याउँदा दिइने बरियता सम्बन्धी नियमलाई लिएर विरोधमा गरिरहेको छ। मुख्य रजिष्ट्रारलाई मुख्य न्यायाधीशपछिको रोलक्रममा पार्ने गरि यसअघि परिषदले नियमावली बनाएको थियो। उक्त नियमावली संसोधन गरेर मुख्य रजिष्ट्रारलाई अरू न्यायाधीशपछिको रोलक्रम नै तोक्नुपर्ने बारको माग छ।

उक्त माग सम्बोधन गर्न बारले दबाबमूलक कार्यक्रम गरिरहेको छ। आफ्नो माग सम्बोधन नगरि न्यायाधीश नियुक्ति नगर्न समेन बारले चेतावनी दिँदै आएको छ।
बारले अघि सारेको नियमावली संसोधनको विषयलाई सम्मान गर्न आजबसेको परिषदले बरिष्ठतम न्यायाधीश प्रकाश सिंह राउतलाई जिम्मेवारी दिएको पनि ती सदस्यले जानकारी दिए।