Friday, July 10

डेंगी बढेपछि फिलिपिन्समा लामखुट्टे ल्याउनेलाई नगद पुरस्कार

नेपालअखबार,काठमाडौँ ।फिलिपिन्समा मरेको लामखुट्टे ल्याउनेलाई नगद पुरस्कार घोषणा गरिएको छ।

Advertisement

राजधानी मनिला नजिकैको एउटा गाउँमा त्यहाँका अधिकारीहरूले लामखुट्टे संकलन गरेर ल्याउनेलाई नगद पुरस्कार दिने घोषणा गरेको हो।

Advertisement
Advertisement

बुधबार बिहानको समयमा धेरै मानिसहरू लामखुट्टे जम्मा गरिएको भाँडो लिएर लाइनमा बसेका थिए।

Advertisement

उनीहरू आ-आफ्नो पालोमा त्यहाँका कर्मचारीलाई मरेको लामखुट्टे बुझाउँदै पैसा लिँदै गरिरहेका थिए भनेर बेलायतबाट प्रकाशन हुने अखबार द गार्डियनले समाचार लेखेको छ।

मारिएको लामखुट्टेबापत नगद पुरस्कार दिने कार्यक्रम गाउँकै अधिकारीहरूले चलाएका हुन्। फिलिपिन्समा डेंगी अत्यधिक फैलिएपछि नियन्त्रणका लागि आयोजकले यस्तो कार्यक्रम चलाएका हुन्।

गाउँका अध्यक्ष कार्लिटो सेर्नलले  नगद उपहारको कार्यक्रमपछि मानिसहरू लामखुट्टे मार्ने अभियानमा अझै सक्रिए भएर लागेको भनेर गार्डियनले लेखेको छ। एक जनाले त ४५ वटासम्म लामखुट्टे मारेर ल्याएको र ९ पेसो लिएर गएको भनेर उक्त समाचारमा उल्लेख छ।

फिलिपिन्समा गत वर्षको तुलनामा यो वर्ष अझै तीव्र गतिमा डेंगी फैलिएको छ। त्यहाँको स्वास्थ्य विभागले जनवरीमा २८ हजार जनालाई डेंगी संक्रमण भएको जनाएको छ जुन अघिल्लो वर्षको यही समयको तुलनामा ४० प्रतिशत बढी हो।

विभागका प्रवक्ता अलबर्ट डोरमिंगोले मृत लामखुट्टे ल्याउनेलाई पैसा दिने योजना डेंगी नियन्त्रणका लागि सकारात्मक उपाय भएको बताए। तर पैसाको लोभमा मानिसहरूले लामखुट्टे फैलाउने क्रियाकलाप गरे भने उल्टो चुनौती थपिने विषयप्रति पनि चिन्ता व्यक्त गरे।

डेंगीकै कारण जनवरीमा फिलिपिन्समा १० जनाको मृत्यु भएको गार्डियनले लेखेको छ।