Saturday, August 15

सरकारले बोलायो वार्तामा आन्दोलनरत शिक्षक महासंघलाई

नेपालअखबार,काठमाडौँ । काठमाडौंकेन्द्रित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघलाई सरकारले फेरि वार्तामा बोलाएको छ।

Advertisement

चैत २० गतेदेखि माइतीघर-बबरमहल क्षेत्रमा शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन्।

Advertisement
Advertisement

महासंघले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ।

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले मंगलबार विज्ञप्ति निकालेर शिक्षक महासंघलाई वार्ता र संवादमा आउन आग्रह गरेका हुन्। विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा छन्।

यसअघि मन्त्रालयले चैत २१ र २२ गते छलफलमा बोलाए पनि शिक्षक महासंघ गएको थिएन।489022138_122207709290249963_8759061027708477442_n-1744109503.jpg