Thursday, July 9

कांग्रेसको आग्रहपछि ‘टेक एण्ड पे’ हट्यो: देउवा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको आग्रहपछि सरकारले बजेटबाट ‘टेक एन्ड पे’ को व्यवस्था हटाएको बताएका छन्।

Advertisement

शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै देउवाले ठूला दुई पार्टीको गठबन्धन सरकार भएकाले कुनै निर्णयमा असमझदारी हुनसक्ने बताए।

Advertisement
Advertisement

त्यसलाई ठूलो विषयका रुपमा लिन नहुने उनको भनाइ थियो।

Advertisement

देउवाले कांग्रेसको आग्रह र सहमतिअनुसार नै सरकार अघि बढेको दाबी गरे।

नेपाली कांग्रेसको महाधिवेशन समयमै हुने दावी गर्दै सभापति देउवाले विधान अनुसार हुने बताएदेउवा प्रजातन्त्र सेनानी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा सहभागि हुन नेताहरु विमलेन्द्र निधी, सशांक कोइराला, कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरुसहित चितवन आइपुगेका हुन्।