
नेपालअखबार, कास्की । कास्कीको मार्दी खोला जलमापन केन्द्रमा सतर्कता तह पार गरेको छ। आइतबार साँझको वर्षापछि मार्दी खोला जलमापन केन्द्रमा सतर्कता तह पार गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले खोलामा पानीको बहाव बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

