Sunday, May 24

मुगुमा आज पनि भूकम्प, ४.३ म्याग्निच्युडको धक्का

नेपालअखबार,काठमाडौं । मुगुमा आज पनि भूकम्प गएको छ । आज बिहान कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो ।  मुगुमा आइतबार पनि भूकम्प  गएको थियो । आइतबार  दिउँसो २ बजेर ३४ मिनेटमा जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Advertisement