Monday, April 20

कोरोना महामारीमा चाडपर्व मनाउन सरकारले ल्यायो निर्देशिका

नेपाल अखबार, काठमाडौं । सरकारले चाडपर्व, जात्रा र उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्ड ल्याएको छ ।
सरकारले जात्रा तथा धार्मिक सभा समारोह गर्न रोक लगाए पनि जनस्तरबाट अवज्ञा भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड ल्याएको हो ।

चाडपर्व, जात्रा र उसत्व मनाउँदा एउटै घरमा बसोबास गर्नेबाहेक अन्यसँग भेटघाट कम गर्ने र गर्नैपर्ने भएमा दुई मिटरको दुरी कायम गर्न भनिएको छ । घरबाहिरको जमघटमा नजान र जानु परे मास्क लगाउन, कार्यक्रमस्थलमा प्रवेश गर्दा साबुनपानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न भनिएको छ ।
यस्तै धार्मिक स्थलमा हुने भेला तथा कार्यक्रममा बढीमा २५ जना मात्र भेला हुन, भौतिक दुरी कायम गर्न, रेलिङ, बार, देवीदेवताको मूर्ति नछुन, सार्वजनिक स्थानमा जथाभावी नथुक्न, खोक्दा तथा हाच्छ्यु गर्दा मुख छोप्न भनिएको छ ।
यस्तै ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या भएकाहरु, ६० वर्षभन्दा माथि र १२ वर्षभन्दा कम उमेर, गर्भवती तथा सुत्केरी, रोग प्रतिरोधी क्षमता कम भएका, दीर्घरोगी, अंग प्रत्यारोपण गरेकाहरु, मेडिकल उपकरण शरीरमा राखेर हालसालै सर्जरी गरेकाहरुलाई चाडपर्व, जात्रा र उसत्वमा सहभागी नहुन भनिएको छ ।
मापदण्डमा जात्रा तथा उत्सव आयोजकले व्यवस्थापन गर्नुपर्ने कामहरु पनि छन् । भीड व्यवस्थापनका लागि स्वयंसेवक खटाउने, हात धुने व्यवस्था मिलाउने, कार्यक्रम स्थलमा सरसफाइ तथा निसंक्रमण गर्ने, प्रवेशद्वारमा ज्वरो नाप्ने आदि छन् ।
हेर्नुहोस् निर्देशिका

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *